Fri. Apr 24th, 2026

सरकारको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

       

काठमाण्डौं, २०७८ चैत २८ गते सोमबार । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले सरकारी सुविधाको इन्धन खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको जानकारी दिनुभयो ।

‘वर्तमान अवस्थालाई मनन् गरि सरकारी निकाय सुविधाबाटको इन्धन खर्च घटाइ शान्ति सुरक्षा, निर्वाचन, विकास आयोजना तथा अत्यावश्यक सेवा बाहेकलाई मितव्ययिता बनाउन थप २० प्रतिशत इन्धन उपभोग घटाउने गरी व्यवस्था मिलाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं ।,’ अर्थमन्त्री शर्माले भन्नुभयो ।

उहाँले विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने तथा विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा पठाएको बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments

सम्बन्धित समाचार