Thu. Dec 26th, 2024

अरनिको समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षको जिम्मेवारी ईन्जिनियर बाल कृष्ण श्रेष्ठलाई

काठमाण्डौं, २०७८ चैत २८ गते सोमबार । नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा चार दशकभन्दा लामो समयदेखि क्रियाशिल संस्था अरनिको समाजमा नयाँ कार्यसमिति चयन भएको छ । सो समाजको १७औं कार्यसमितिको लागि यहि चैत २३ गते भएको निर्वाचनमा सर्वसम्मत रुपमा ईन्जिनियर बाल कृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचन अधिकृत डा. उदय कोइरालका अनुसार नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरुमा डा.सर्वोत्तम श्रेष्ठ प्रथम उपाध्यक्ष, डा.उर्मिला शाक्य द्वितीय उपाध्यक्ष, डा. मनोजमान श्रेष्ठ महासचिव, ईन्जिनियर राजन महर्जन सचिव, डा. सुशील प्रजापती कोषाध्यक्ष रहनु भएको छ ।

यसैगरी कार्यसमितिका सदस्यहरुमा ईन्जिनियर विकास राज खड्गी, ईन्जिनियर सजुन कुमार श्रेष्ठ, दीपा प्रधान, न्हुज मानन्धर र हिना बानु रहनु भएको छ ।

अरनिको समाज चीनमा चिकित्सा शास्त्र र ईन्जिनियर लगायतका विषय अध्ययन गरेर फर्कीएका नेपाली बिद्यार्थीहरुको संगठन हो । यसको स्थापना गैह् सरकारी संस्थाको रुपमा सन् १९८१ मा भएको थियो । स्थापना पश्चात यस संस्थाले देशका विभिन्न भागमा नि:शुल्क स्वास्थ्य शिविर, चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि शैक्षिक परामर्श दिने लगायतका विभिन्न समाजिक कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।

यसका अतिरिक्त अरनिको समाजले चीनमा अध्ययन गर्न जाने नेपालीहरुको लागि छात्रवृत्ति उपलब्ध गराउने र नेपाली विद्यार्थीहरुलाई नि:शुल्क रुपमा चिनियाँ भाषा सिकाउने काम पनि गरिरहेको छ । हाल यस संस्थामा झण्डै ५ सय जति सदस्यहरु रहेका छन् ।

Facebook Comments