Wed. Dec 25th, 2024

सरकार र नीजि क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्छ : सभामुख अग्निप्रसाद सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटा

काठमाण्डौं, २०७८ चैत २७ गते आईतबार । सभामुख अग्निप्रसाद सापकोटाले सरकार र नीजि क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाण्डौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरुलाई पनि सम्बादमार्फत समाधान गर्नुपर्ने उहाको भनाइ छ । त्यस्तै उहाले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments