Tue. Dec 24th, 2024

पाकिस्तानमा इमरान खानको सरकार ढल्यो, भोली नयाँ प्रधानमन्त्री चयन गरिने

काठमाण्डौं, २०७८ चैत २७ गते आईतबार । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिनुभएको छ ।

सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो। खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गर्नुभएको छ ।

पाकिस्तानको संसद्ले भोली सोमबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ। एजेन्सी

Facebook Comments