Sat. May 18th, 2024

नारायणकाजी श्रेष्ठ भन्न् हुन्छ: सभामुख नेकपाबाटै

म्याग्दी, २०७६ माघ ४ गते शनिबार

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताउनुभयो ।
शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार उपसभामुखले राजिनामा दिने र सभामुख नेकपाबाटै हुने उहाँले बताउनुभयो । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाँको भनाइ थियो ।
आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताउनुभयो ।

आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उहाँले बताउनुभयो ।

Facebook Comments