Sun. May 19th, 2024

टाइफाइड बिरुद्दको खोप अभियानको शुभारम्भ

काठमाण्डौं, २०७८ चैत २४ गते बिहीबार । देशैभरी आजदेखि टाइफाइड बिरुद्दको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाण्डौंमा एक समारोहबीच यो अभियानको शुभारम्भ गर्नु भएको हो । प्रधानमन्त्री देउवाले दरबार हाइ स्कुलमा टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको हो।

यो खोप अभियान आउँदो वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल सरकारले १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन शुरु गरेको हो।

यो अभियान सात वटै प्रदेशमा आजैबाट शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments