Sat. Jun 6th, 2026

कवि मञ्जुललाई वसन्त शर्मा कविता-काव्य सम्मान

       

काठमाण्डौं, २०७८ चैत १६ गते बुधबार । चर्चित कवि, गायक तथा साहित्यकार मेघराज शर्मा नेपाल मञ्जुललाई २०७८ सालको वसन्त शर्मा कविता-काव्य सम्मान प्रदान गरिने भएको छ ।

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने कविता-काव्य, समालोचना र अनुसन्धान सम्मानको निर्णय गरेको हो । निर्णय अनुसार २०७८ सालको वसन्त शर्मा कविता-काव्य सम्मान कवि मञ्जुल (२००३, भोजपुर) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका कवि कविप्रसाद प्याकुरेल हुनुहुन्छ । यो सम्मान यसै महिनामा समर्पण गरिनेछ ।

मेघराज शर्मा नेपाल अर्थात् मञ्जुल नेपाली साहित्यकार तथा गायक हुनुहुन्छ। उहाँलाई साहित्यीक नाम “मञ्जुल” अथवा “मञ्जुल राल्फा” का उपनामले चिनिन्छ। उहाँको नेपाली साहित्यको कविता तथा निवन्ध विधामा उल्लेखनिय योगदान छ। राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका मञ्जुलको पछि गएर साहित्यीक लेखन नै मुख्य क्षेत्र बन्यो।

Facebook Comments