Fri. Oct 18th, 2024

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी, एकजनाको मृत्यु

काठमाण्डौं, २०७८ फागुन २८ गते शनिबार । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीका कारण ग्याँस पड्किदा ६५ वर्षिय जुडीमाया लिम्बुको मृत्यु भएको छ ।

कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट सो घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

फुङलिङ नगरपालिकाको दमकल ,नेपाली सेना र स्थानीयको सहयोगमा करिब १ घन्टा पछि आगो नियन्त्रणमा लिइएको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घर समेत जोखिममा परे पनि आगलागी नियन्त्रणमा आएसँगै सो जोखिम भने टरेको छ । नेपाल टेलिभिजन

Facebook Comments