Fri. Oct 18th, 2024

सत्ता गठबन्धनबीच स्थानीय तहमा मिलेर जाने सहमति भएको समाजवादीका अध्यक्ष नेपालको भनाई

काठमाण्डौं, २०७८ फागुन २५ गते बुधबार । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो ।

सबै ठाउँमा मिल्न नसकिए पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उहाँले आह्वानसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने देखाउने गरी तयारीमा लाग्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि जानकारी दिनुभएको छ । एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको बताउनुभयो ।

Facebook Comments