Mon. Dec 23rd, 2024

पेट्रोलियम पदार्थको मूल्य थेग्नै गह्रो-पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि

- पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । पेट्रोलियम पदार्थको मूल्य थेग्नै नसक्ने गरी वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।।

Facebook Comments