युक्रेनले आमनागरिकलाई रुसविरुद्ध लड्न हतियार दिने
काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार चाहने जोकोही नागरिकालाई हतियार उपलब्ध गराइने बताउनुभएको छ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै हतियार चलाउन सक्ने जोकोहीलाई पनि हतियार उपलब्ध गराउने राष्ट्रपति जेलेन्स्कीले निर्णय गर्नुभएको हो ।
रुससँगको तनाव बढेसँगै केही सातायता युक्रेनले आफ्ना आमनागरिक तथा पूर्व सुरक्षाकर्मीहरुलाई सैन्य तालिमसमेत दिन सुरु गरेको थियो । युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणको विश्वभर निन्दा भइरहेको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण पनि सुरु गरिसकेको छ । यसैबीच युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।
Facebook Comments