Tue. Jun 23rd, 2026

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

       

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । वरिष्ठ लोक गायक जयनन्द लामाको निधन भएको छ । पाँच दशकअघि गायन यात्रा शुरू गर्नुभएका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिनुभयो ।

२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आउनु भएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

वरिष्ठ लोक गायक लामाप्रति हार्दिक श्रद्धाञ्जली !

Facebook Comments