Sun. May 19th, 2024

विदेशीहरुको दृष्टी फर्काउदै नेपाली चिकित्सकः डा. बेन लिम्बु

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । विश्व कोरोना महामारीसँग जुधिरहेको अवस्थामा नेपालका वरिष्ठ आँँखा सर्जन डा. बेन लिम्बु भने निःशुल्क आँँखा शिविरमा व्यस्त हुनुहुुन्छ । वरिष्ठ आँँखा सर्जन डा. लिम्बु नेतृत्वको टोली हाल पश्चिमी अफ्रिकाको शेरालियोनमा निःशुल्क आँँखा शिविर मार्फत सयौ दृष्टीविहिनहरुका आँँखा सल्यक्रिया गर्न सक्रिय छ ।

डा. लिम्बु पश्चिमी अफ्रिकाको शेरालियोनका राष्ट्रिय आँँखा उपचार कार्यक्रमको निमन्त्रणामा २३ माघ २०७८ का दिन फ्रि टाउन पुग्नु भएको थियो । ८२ लाख कुल जनसंख्या रहेको शेरालियोनमा ५० बर्ष माथिका प्रति १०० नागरिक मध्ये ६ जना अन्धोपनको शिकार हुने गरेको स्थानिय तथ्याङ्कहरुमा उल्लेख छ । हाल सम्म यस देशमा जम्मा ६ जना आँँखा बिषेशज्ञ रहेको देखिएता पनि प्रायले सर्जरी नगर्ने हुदा धेरै बिरामीहरु आँँखा उपचारबाट बञ्चित भएको डा।लिम्बुको भनाई छ ।

उहाँले भन्नुभयो “ विश्वका अन्य मुलूकमा झै अन्धोपनको प्रमुख कारक मोतिबिन्दु रहेको भएता पनि यहाँ शिविरमा आएका अधिकांश बिरामीहरु मोतिबिन्दुको अन्तिम चरण र जटिल अवस्था लिएर आईरहनु भएको छ ।” शेरालियोनको राजधानी फ्रि टाउनबाट दक्षिण पूर्वमा अवस्थित बो शहरको सरकारी अस्पतालमा ४ दिने नि शुल्क आँँखा शिविर सञ्चालन भइरहेको छ । पहिलो २ दिनमा ८० जनाको सफल मोतिबिन्दुको सर्जरी भइसकेको उहाँले जानकारी दिनुभयो ।

डा. लिम्बुले भन्नुभयो “ अझैपनि सयौ दृष्टीविहिनहरु नयाँ दृष्टी पाउने पर्खाइमा छन्,धेरै बिरामीहरु दुवै आँखा नदेखी लाठीको वा परिवारजनको साहारामा शिविर स्थान वरपर हिडडुल गरिरहेका छन् । त्यसमध्ये पनि धेरै बिरामी युवा उमेर समुहको रहेकोले म आफैमा दुखित  छु ।” यस शिविरमा भाग लिन देशको विभिन्न प्रदेश, दुर दराजमा बसोबास गर्ने स्थानिय ग्रामिण भेगका स्थानिय र केहि संख्यामा सगै रहेको देशहरु जस्तै लाईबेरीया र गिनिइबाट समेत आँखा बिरामीहरु शिविर सञ्चालन भइरहेको जानकारी पाएर आएको पनि डा.लिम्बुले बताउनु भएको छ ।

शिविर सञ्चालनले अन्धोपनको स्थायी समाधान नदिने भएकाले नि:शुल्क आँँखा शिविरसगै स्थानिय चिकित्सकहरुलाई सर्जरीको तालिम र सीप हस्तान्तरण गराईने उहाँले बताउनु भएको छ । बो नि:शुल्क आँँखा शिविर सकिए लगतै शेरालियोनको राजधानी फ्रि टाउनको सरकारी आँँखा अस्पतालमा ३ दिने नि:शुल्क अकुलोप्लास्टिक सर्जरी पनि गरिने उहाँले बताउनुभयो । जस अन्तर्गत आँशु धेरै बग्ने, आँँखा छाला वरिपरीको समस्या, सानो ठूलो आँँखा, आँँखा क्यान्सर लगायतका समस्याको सर्जरी गरिने बताइएको छ ।

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आउनु भएको र अन्तराष्ट्रिय जगतमा पनि पहिले देखि सेवा र योगदान प्रदान गर्दै आइरहनु भएको छ । उहाँले यस अघिनै पपुवा न्यू गिनी, इन्डोनेशिया र इथियोपियामा समेत आँँखा उपचार तालिम तथा शिविर सञ्चालन गरी सक्नुभएको छ ।

शिविरको आयोजना सर्जिकल आइ एक्पिडिसन, लोमा लिण्डा युनिभर्सीटि र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहयोगमा शेरालियोनको स्वास्थ्य मन्त्रालय स्थानिय सहयोग र संयोजनमा भएको हो । डा. बेन लिम्बुको नेतृत्वमा अमेरीकाका डा जैफ इङ, डा जोयल स्यान्डी, डा. एन्ड्रु, डा क्रिस्टिना र नेपालबाट सर्जरी असिस्टेण्ट रीना लिम्बु सम्मिलित टोलीले आँँखा उपचार सवा प्रदान गरिरहेको डा.लिम्बुले जानकारी दिनुभयो ।

Facebook Comments