Fri. Oct 18th, 2024

प्रेम साटासाट गरेर आज विश्वभर प्रणय दिवस मनाइँदै

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । आज विश्वभर प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदैछ । विश्वभरी नै फेब्रुअरी १४ मा आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदानप्रदान गरी यो दिवस मनाउने गरिन्छ।

क्रिष्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन् २६९ देखि हो। केहि वर्षयता प्रेम दिवस नेपालमा युवापुस्तामाझ लोकप्रिय बनेको छ । आजको दिनलाई नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ।

रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए। शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो।

सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए। त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन हो

यो प्रणय दिवससँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरू पनि छन् । कतिपय तथ्यहरू हामीले नसुनेका पनि हुन सक्छौँ र सुन्दैमा रोचक लाग्छन् ।

नाटककार सेक्सपियरको चर्चित लभस्टोरी रोमियो एन्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजारौँ चिठीहरू पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनियाँभरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरू आउँछन् ।

भ्यालेन्टाइन डे को दिन विश्वमा औसतमा २ लाख २० हजार मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरूको संख्याको त गणना नै छैन । भ्यालेन्टाइन डे को दिन विश्वमा एक अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षपछि सबैभन्दा बढी कार्ड आदानप्रदान हुने दिन यही हो ।

भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरिदबिक्री हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्री हुन्छन् । भ्यालेन्टाइन डे मा गुलाब खरिद गर्नेमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै, अन्य भ्यालेन्टाइन गिफ्ट खरिद गर्नेमा ८५ प्रतिशत महिला हुन्छन् ।

Facebook Comments