Fri. Oct 18th, 2024

गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराईएको छ ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिनुभएको जानकारी अनुसार विराटनगरबाट हिँजो (आइतबार) साँझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।

त्यसलगत्तै एक राउन्ड घुमाएर विमानलाई अवतरण गरिएको थियो । विमानमा कुनै क्षति भएको छैन भने यात्रु पनि सबै सकुसल रहेका छन । उक्त एयरलाइन्समा २७ जना यात्रु थिए । विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुँदै आएको छ । गोरखापत्र अनलाईन

Facebook Comments