Thu. Jun 11th, 2026

१८ वर्षमाथिका सबैलाई फागुन १ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने सरकारको तयारी

       

काठमाण्डौं, २०७८ माघ २९ गते शनिबार । सरकारले फागुन एक गतेदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ।

आज शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेको १०० दिनका उपलब्धीहरु सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सो जानकारी दिनुभएको हो । १ फागुनदेखि यसअघि खोप लगाएर ६ महिना पुगेका सबै नागरिकलाई बुस्टर डोज खोप दिइने उहाँको भनाई छ ।

यस्तै उहाँले सरकारको पहिलो लक्ष्यका रुपमा रहेको कोरोना विरुद्धको खोप अभियानलाई मूर्तरूप दिन सम्पूर्ण संयन्त्र परिचालित गरिएको पनि जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार