क्यानडाको राजधानीमा जारी ट्रक ड्राइभरको प्रदर्शन प्रधानमन्त्री ट्रुडोलाई ‘अस्वीकार्य’
काठमाण्डौं, २०७८ माघ २७ गते बिहीबार । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई ‘अस्वीकार्य’ भन्नु भएको छ ।
त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ।
ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।
लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। बीबीसी
Facebook Comments