हे नेपाल आमा।
- भवानी न्यौपाने 'भावना'
काठमाण्डौं, २०७८ माघ ८ गते शनिबार ।
-भवानी न्यौपाने ‘भावना’
म काव्यकी रानी हुन सकूँ हे नेपाल आमा
राष्ट्रकी सिरानी हुन सकूँ हे नेपाल आमा।।१।।
विभेद ,विकृति चिर्दै अघि बढूँ साहित्यमा
म आँखाकी नानी हुन सकूँ हे नेपाल आमा ।।२।।
रात अवश्य आलस्यको घर हो जिन्दगीको
कर्मकी बिहानी हुन सकूँ हे नेपाल आमा ।।४।।
सादा जीवन उच्च विचार मेरो पहिचान
र प्रेमकी खानी हुन सकूँ हे नेपाल आमा।।५।।
सबै सबै सर्वत्र महान देख्छु यो यात्रामा
सबैभन्दा सानी हुन सकूँ हे नेपाल आमा।।६।।
यो नाम नाममा मात्र सिमित नरहोस् मेरो
म साँच्चिकै दानी हुन सकूँ हे नेपाल आमा।।७।।
ज्ञानीहरू निहुरिन्छन् सबैसँग दुनियाँमा
धर्तीकी भवानी हुन सकूँ हे नेपाल आमा।।८।।
Facebook Comments