Fri. Oct 18th, 2024

सञ्चारकर्मी एलबी विश्वकर्माको निधन

काठमाण्डौं, २०७८ माघ ६ गते बिहीबार । सञ्चारकर्मी एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति मुटुमा अचानक समस्या देखिएपछि पाटन अस्पताल पुर्याए लगत्तै उहाँलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ‘राति अचानक गाह्रो भएर पाटन अस्पताल लिएर गएका थियौँ,’ टमाटाले भन्नुभयो, ‘डाक्टरले मृत घोषणा गर्नुभयो । मृत्युको खास कारण डाक्टरले पनि स्पष्ट भन्नुभएको छैन ।’

उहाँका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको ललितले जानकारी दिनुभयो । अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । विश्वकर्मा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहनु भएको थियो ।

विश्वकर्मा इमेज टेलिभिजनमा पनि कार्यरत हुनुहुन्थ्यो । लोकप्रिय सञ्चारकर्मी संकेत कोईराला विश्वकर्मा एउटा प्रतिभावान र निर्भिक रिपोर्टर भएको बताउनु हुन्छ ।

Facebook Comments