Mon. May 6th, 2024

स्वास्थ्य मन्त्रालय भन्छ,- “औषधिको अभाव छैन”

काठमाण्डौं, २०७८ माघ ५ गते बुधबार । आवश्यक पर्ने सबै औषधी तथा उपकरण अभाव नभएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

हाल सरकारी फार्मेसीमा १ करोड बढी र पथ्लैया भण्डारणमा १० लाख प्यारा सिटामोल भण्डारणमा रहेको जानकारी मन्त्रालयका सह प्रवक्ता डा।समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

डा. अधिकारीले अत्यावश्यक औषधीहरूको विवरण तत्काल अद्यावधिक गर्न सबै सरकारी अस्पताल तथा प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई समेत निर्देशन गरिएको जानकारी गराउनुभयो ।

यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको परीक्षणका लागि शुल्क घटाइएको जानकारी गराएको छ ।

सङ्क्रमणको लक्षण देखिएकालाई सरकारी अस्पतालहरूमा निशूल्क परिक्षण हुने र लक्षण नदेखिएका तथा अन्य प्रयोजनको लागि परिक्षण गर्न ८ सय रुपैयाँ र निजी प्रयोगशालाहरूमा १ हजार ५ सय परिक्षण शुल्क तोकिएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

Facebook Comments