Mon. May 6th, 2024

आज एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं, २०७८ माघ ५ गते बुधबार । नेपालमा आज एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार

१८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा ४ हजार ६ सय ६६ जना, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५ सय ७८ गरी काठमाडौँ उपत्यकामा मात्रै ६ हजार ३ सय ४३ जना संक्रमित थपिएका छन् ।

यस्तै आज ६ सय १३ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको छ ।

Facebook Comments