Mon. May 6th, 2024

अग्रपङ्तिमा खटिनेलाई आजदेखि बुस्टर खोप दिन शुरु

काठमाण्डौं, २०७८ माघ ३ गते सोमबार । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिन थालिएको छ । सरकारले हिजोदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको भएपनि तयारी नपुगेको भन्दै सारेर आजबाट दिन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार  आठवटा सरकारी अस्पताल र नाका सहित नाै वटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिन लागिएको हो ।

कहाँ कहाँ लगाइन्छ बुस्टर डोज ?

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
विरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक
बयोधा अस्पताल बल्खु
प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
नोबेल अस्पताल सिनामंगल

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको लगाउन सरकारले आग्रह गरेको छ।।

Facebook Comments