Sun. May 5th, 2024

राष्ट्रियसभामा राजपाका दुई वरिष्ठ उपाध्यक्ष उम्मेदवार

काठमाडौं, २०७६ पुष १९ गते शनिबार ।

राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा सदस्यधचे निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । उसले प्रदेश दुईबाट दुईजना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

गोरखापत्र अनलाईनका अनुसार राजपा नेपालका अध्यक्ष मण्डलको शनिबार बसेको बैठकले अन्य समूहबाट मृगेन्द्रसिंह यादबलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, शेखरकुमार सिंहलाई अल्पसंख्यक/अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवार घोषणा गरेको हो । दुबैजना सप्तरीका हुन् । यादब र सिंह दुबैजना राजपा नेपालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

बैठकपछि प्रेस विज्ञप्ती जारी गरेर राजपा नेपालले उम्मेदबारबारे जानकारी गराएको हो । माघ ९ गतेका लागि निर्धारित राष्ट्रिय सभाको मतदान अघि आइतबार उम्मेदवारी दत्र्ता हुँदैछ । राजपा नेपालले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ नेकपासँग तालमेल गरेको छ ।

Facebook Comments