Thu. Apr 25th, 2024

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति

काठमाडौं, २०७६ पुष १८ गते शुक्रबार ।

केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेएिको छ ।

सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्ति विरोध कार्यक्रम स्थिगित गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता भएको थियो । दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको थियो ।

Facebook Comments