Thu. Jun 11th, 2026

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको कूटनीतिक विरोध नगर्ने अडान

       

काठमाण्डौं, २०७८ मंसिर २९ गते बुधबार । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको कूटनीतिक विरोध गर्ने अमेरिकी नेतृत्वमा रहेका पश्चिमी मुलुकहरुको पंक्तिमा दक्षिण कोरिया सहभागी नहुने बताउनुभएको छ। सिउलले पैचिङसँग मेलमिलापयुक्त सम्बन्धको स्थापना गर्ने इच्छा लिनुका साथै कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउन चीनसँग सहयोग गर्नुपर्ने दक्षिण कोरियाको आवश्यकता रहेको विचार उहाँले व्यक्त गर्नुभयो।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनसँग डिसेम्बर १३ तारिख क्यानबरामा वार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै मुन जाई इनले उक्त कुरा बताउनुभएको हो। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार

1 min read