Fri. Oct 18th, 2024

बाइडेनको प्रजातान्त्रिक सम्मेलनः एउटा मजाक

काठमाण्डौं, २०७८ मंसिर २३ गते बिहीबार । डिसेम्बर ९ देखि १० तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले अनलाइन तरीकामार्फत् “समिट फर डेमोक्रेसी” अर्थात् प्रजातान्त्रिक शिखर सम्मेलनको अध्यक्षता गर्दै हुनुहुन्छ।

सम्मेलनले सरकार, नागरिक समाज र निजी क्षेत्रका नेताहरूलाई लोकतान्त्रिक नवीकरणको लागि सकारात्मक एजेन्डा तय गर्न र आज प्रजातन्त्रका सामु देखापरेका सबैभन्दा ठूला अवरोधहरूको सामना गर्न टेवा पुग्ने दाबी गरिएको छ।

रोनपाउ इन्स्टिच्युटले लेखेको छ, ‘कस्तो मजाक। यो लोकतन्त्रको प्रवद्र्धन गर्ने कुरा होइन बरू साँचो अर्थमा अमेरिकी हस्तक्षेपवादी विदेश नीतिले विश्वव्यापी लोकतन्त्रलाई कमजोर बनाउने प्रयास हो।’

टिप्पणीमा यो सम्मेलन लोकतन्त्र विरोधी भएको तर प्रजातन्त्र पक्षधर नभएको दाबी पनि गरिएको छ। सीएमजी

Facebook Comments