Fri. Oct 18th, 2024

भारतीय नम्बरको जीपले ठक्कर दिँदा कञ्चनपुरमा एक वृद्धको ज्यान गयो

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ बंक नजिक पूर्व-पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एकजना वृद्धको ज्यान गएको छ ।

आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व-पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताउनुभयो ।

Facebook Comments