Fri. Nov 15th, 2024

गोकर्ण विष्ट सर्वाधिक मत ल्याएर सचिव पदमा विजयी, भीम आचार्य र टंक प्रसाद कार्की पराजित

- एमाले को दशौँ राष्ट्रिय महाधिवेशन

काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा गोकर्ण विष्ट सर्वाधिक मत ल्याएर सचिव पदमा विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार विष्टले १ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको छ । दशौँ महाधिवेशनबाट सात जना सचिव विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार सचिव पदका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी हुनुभएको छ । ।

निर्वाचित भएका सातमध्ये सचिव गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार सचिवमा गोकर्ण विष्टले १ हजार ९ सय ७६, योगेश भट्टराई १ हजार ९ सय ६४, छविलाल विश्वकर्मा १८००, पद्मा अर्याल १८००, लेखराज भट्ट १ हजार ७ सय ४, टोपबहादुर रायमाझी १७००, रघुबीर महासेठ १ हजार ५ सय १३, टंक कार्की ५००, भीम आचार्यले १३०० मत प्राप्त गरेका छन ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित हुनुभएको छ ।

Facebook Comments