केपी शर्मा ओली नेकपा (एमाले)को अध्यक्षमा भारी मतले निर्वाचित
काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । केपी शर्माओली नेकपा एमालेको अध्यक्षमा पुनः भारी मतले निर्वाचित हुनुभएको छ ।
चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रतिस्पर्धी डा. भीम बहादुर रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । ओलीले १ हजार ८ सय ४० मत प्राप्त गर्नुभएको छ भने रावलले २ सय २३ मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
Facebook Comments