Sat. Oct 19th, 2024

एमालेलाई पदाधिकारी चयनमा सकस, अध्यक्ष मण्डलको बैठकद्वारा बन्दसत्रको कार्यसूचि तयार गरिदैं

चीतवन, २०७८ मंसिर १२ गते आईतबार । चीतवनको सौराहामा चलिरहेको नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न अध्यक्ष मण्डलके बैठक शुरू भएको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुहुन्छ ।

पार्टीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएकोमा उपाध्यक्ष भीम रावलले फरक मत राख्नु भएपछि एमाले भित्र सर्वसम्मत ढंगबाट नयाँ नेतृत्व चयनमा सकस देखिएको छ । नेता रावल र पार्टीका बौद्धिक नेता घनश्याम भुसालको व्यवस्थापन अध्यक्ष ओलीका लागि निक्कै चुनौतीपूर्ण देखिएको छ ।

Facebook Comments