Sat. Oct 19th, 2024

एमालेको बन्दसत्र भ्ख्खरै सुरू, सहमतीको प्रयासमा ५ घण्टा वित्यो (फोटो फिचर)

सौराहा, चीतवन, २०७८ मंसिर ११ गते शनिबार । चीतवनमा जारी नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरे लगत्तै बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो ।

सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । बन्द सत्र सुरु भए लगत्तै पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको छ । बन्दसत्रमा भारत, कम्बोडिया, श्रीलंका लगायतका देशका विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ ।

महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित २ हजार २ सय ७५ जना प्रतिनिधि छन् । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसक्नुभएपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

फोटो -रमेश हतुवाली

Facebook Comments