Sat. Oct 19th, 2024

सौराहामा भख्खरै एमाले केन्द्रीय कमिटीका चार निर्णयः केन्द्रीय कमिटीको संख्या बढाइयो, पोलिटब्यूरो थप, उपाध्यक्ष र उपमहासचिव थपियो

भरतपुर, २०७८ मंसिर १० गते शुक्रबार । दशौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोह सम्पन्न गरे लगत्तै नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ । अन्य पदको संख्या यथावत् राखिएको छ ।

एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५/२५ सदस्यीय बनाएको छ । बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ । आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments