Fri. Apr 26th, 2024

नेपाली भाषा र साहित्य स्तरीय अनि समृद्ध : सतपाल महाराज

काठमाडौं, २०७६ पुष १६ गते बुधबार ।

मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रद्वारा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनको समापन मंगलबार सालुगाड़ाको उत्तर पलास स्थित मानव धर्म आश्रममा भव्यताका साथ सम्पन्न भयो।

नेपाली भाषा विश्वकै समृद्ध भाषा रहेको र नेपाली भाषा साहित्यलाई गहनता पूर्वक अध्ययन गरे यसको विश्व स्तरीय स्वरूपलाई बुझ्न सकिने सतपाल महाराजले बताउनु भएको छ । भारतको सिलगढ़ीस्थित सालुगढ़ामा आयोजित दुई दिने सद्भावना सम्मेलनको समापनको अवसरमा बोल्दै महाराजले नेपाली भाषाको मान्यताका निम्ति पदयात्रा गरेको सम्बोधनमा सम्झना गर्नुभयो।

सो अवसरमा सद्भावना सम्मेलनको मञ्चबाट मानव धर्मका प्रणेता सतपाल महाराजले मानव धर्म प्रचार प्रसारको पचास वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती वर्ष मनाइरहेको बताउँदै ठण् को दशकमा दार्जीलिङ पहाड़को कालेबुङमा सर्वप्रथम जगतजननी माताजीको आगमन भएको त्यसपछि कालेबुङदेखि दार्जीलिङको वर्धमान प्यालेसमा कार्यक्रम आयोजना गरेको बताउनु भयो।

त्यसपछि मिरिक, विजनबारी, खरसाङ, सिक्किम राज्यको सुम्बुक, गान्तोक आदिका दुर्गम स्थानहरूमा गएर मानव धर्मको प्रचार प्रसार गरेको बताउँदै सतपाल महाराजले दुर्गम ठाउँहरूमा श्री माताजीलाई भक्तगणले बोकेर कार्यक्रम स्थलहरूमा पुऱ्याएको सम्झना गर्नुभयो। सिलगड़ीमा एउटा सानो कुटी बनाएर आत्मज्ञान मानव धर्मको प्रचार गरेको सम्झना गर्दै महाराजले नेपाली भाषालाई भारतीय संबिधानको आठौँ अनुसूचीमा मान्यता दिलाउने मागलाई समर्थन गर्दै सिलगड़ीदेखि दार्जीलिङ भएर गान्तोकसम्म पदयात्रा गरेको पनि सम्बोधनमा जानकारी गराउनु भयो।

जनजागरण पदयात्रा भनी नामकरण गरिएको उक्त पदयात्राको क्रममा पहाड़को अति दुर्गम स्थानहरूमा नेपाली भाषा मान्यता सम्बन्धि मानिसहरूलाई जागृत गराएको जानकारी दिनुभयो।

“पहाड़का मानिसहरूको अधिकारको लँड़ाईलाई हामीले साथ दियौँ अनि यहाँको मूलभूत समस्याहरूलाई तत्कालिन सत्तासम्म पुऱ्याएर नेपाली भाषालाई भारतीय संबिधानको आठौँ अनुसूचीमा मान्यता दिलाउनको निम्ति चाप सृष्टि गऱ्यौं। पछि स्थानिय सांसदहरूको प्रयासमा नेपाली भाषाले संबिधानको आठौँ अनुसूचीमा मान्यता पायो । हामीले निष्कपट र निश्छल भावले काम गरेका थियौँ” महाराजले भन्नुभयो।

समापनको रात नववर्षलाई स्वागत गर्दै साँस्कृतिक विभागका कलाकारहरूले विभिन्न साँस्कृतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको अवसरमा सतपाल महाराजले आदिवासी साद्री भाषामा पहिलोपल्ट प्रकाशित साद्री भजनमालाको पुस्तकको विमोचन गर्नुभयो । यसरी नै संस्कृति विभागद्वारा प्रस्तुत गरिएको भिडियो सिडी र भजन क्यासेटको पनि विमोचन गर्नुभयो।

रात्री १२ बजे सतपाल महाराज र दिव्य परिवारले हातमा मैनबत्ती लिएर पुरानो बर्ष २०१९ लाई विदा दिँदै नयाँ बर्ष २०२० लाई स्वागत गर्नुभयो। यसरी हजारौँ मैनबत्ती हातमा लिएर उपस्थित भक्त समुदायले नयाँ बर्षलाई सुख र समृद्धि अनि देशमा शान्तिको कामना गरे साथै महाराजले सद्भावना सम्मेलनको भव्य मञ्चबाट उपस्थित भक्त समुदाय अनि इन्टरनेटको माध्यद्वारा विदेशका भक्तहरूलाई नयाँ बर्षको शुभकामना दिनुभयो। डाँफे टिभिबाट

Facebook Comments