Sat. Oct 19th, 2024

पौराणिक कालदेखि चल्दै आएको ऐतिहासिक कात्तिक नाच सम्पन्न

फोटो : श्याम राना मगर

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । ललितपुरमा पौराणिक कालदेखि चल्दै आएको ऐतिहासिक कात्तिक नाच गए राति सम्पन्न भएको छ । नाच गत कार्तिक २४ गतेदेखि मंसिर २ गते सम्म चलेको थियो ।

यस समस्या निवारणका लागि गुरुद्वय हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायलगायत अन्य ज्योतिषहरुबीच भएको छलफलले नर बलि दिनुपर्ने निष्कर्ष निकाल्यो ।

तर, सधै नरबलि दिन असम्भव भएको हुँदा नाट्यसम्राट समेत रहेका गुरु हरिवंशले नेपाल संवत् सात सय ६१ मा नरसिंह नाच र बराह नाचलाई नर बलिको प्रतीकको रुपमा सिर्जना गरिएको र तत्पश्चात् रोग, व्याधि हटेर जनकल्याण भएको जनविश्वास रहँदै आएको कात्तिक नाच संरक्षण समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो ।

नरसिंहको अवतारमा नाचिने यस कात्तिक नाचमा हिरण्य कशेपुलाई वध गरी बेहोस् गरिएको र गुरु विश्वनाथले तान्त्रिक रुपमा जल खुवाएर होसमा ल्याइएको किवंदन्ती छ । यसरी नर बलिको प्रतीकको रुपमा कात्तिक नाच प्रारम्भ भएको राजोपाध्याय बताउनुहुन्छ ।

कात्तिक नाचमा स्वयम् आफैँ पनि नाच्दै आउनुभएका राजोपाध्याय मुकुट लगाइसकेपछि त्यही पात्रमा डुबेको महसुस हुन्छ । जुन महसुस अन्य नाच नाच्दा हुँदैन । रे न्यूज डेली

 

Facebook Comments