राष्ट्रपति भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश
काठमाण्डौं, २०७८ कात्तिक २९ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।
Facebook Comments