विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आर्लिंगटन, टेक्सास - जुन १७: जुन १७, २०२६ मा टेक्सासको आर्लिंगटनमा रहेको डलास स्टेडियममा इङ्गल्याण्ड र क्रोएसिया बीचको फिफा विश्वकप २०२६ समूह एल खेलको क्रममा क्रोएसियाका जोस्को ग्वार्डियोल #४ ले इंग्ल्याण्डका ह्यारी केन #९ विरुद्ध प्रहार गरे र मौका गुमाए। चार्लोट विल्सन/गेटी इमेजेस/एएफपी (फोटो चार्लोट विल्सन / गेटी इमेजेस उत्तर अमेरिका / एएफपी मार्फत गेटी इमेजेस)
काठमाण्डू । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४-२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।
खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।
खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो । रासस

