रक्षामन्त्री रिजाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । रक्षामन्त्री डा.मिनेन्द्र रिजाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान मन्त्री रिजाल र राजदूत यान्छीबीच रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो ।
मन्त्री रिजालले सामाजिक सञ्जालमा आफहरूबीच भेटवार्ता भएको जानकारी दिँदै तस्वीर सार्वजनिक गर्नुभएको छ ।
Facebook Comments