Thu. Nov 14th, 2024

चीनका विदेशमन्त्री वाङ यीद्वारा नेपालको बाढी प्रकोप प्रभावितहरुलाई समवेदना सन्देश

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । चीनका विदेशमन्त्री वाङ यीले कार्तिक पहिलो साता नेपालमा आएको विषण बाढी तथा पहिरोबाट प्रभावितहरुलाई परराष्ट्र मन्त्री नारायण खड्का मार्फत समवेदना सन्देश पठाउनु भएको छ ।

विदेशमन्त्री वाङले हाल नेपालमा वर्षाका कारण निम्त्याएको प्रकोपबाट सर्वसाधारण हताहती भएको बताउँदै प्रकोपबाट मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका नातेदार र घाइतेहरूलाई समवेदना दिनुभएको छ। सन्देशमा उहाँले चीन र नेपाल असल छिमेकी र असल दाजु-भाइ हुन् भन्दै सार्वजनिक स्वास्थ्य, घटना, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनआदि चुनौतीको सामना गर्न दुई मुलुकले एक अर्कालाई सहायता गर्दै आएको कुरा बताउनुभयो।

साथै उहाँले चीनले प्रकोपबाट प्रभावित नेपालका जनताको कठिनाइको अनुभव गरेको र नेपालको आवश्यकताअनुसार नेपाललाई समर्थन र मद्दत दिने कुरा बताउनुभयो।

Facebook Comments