Tue. Apr 21st, 2026

परिचयपत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन गृह मन्त्रालयको आग्रह

       

काठमाण्डौं, २०७८ कात्तिक ८ गते सोमबार । गृह मन्त्रालयले परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेको छ ।

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको हो ।

यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि विज्ञप्तिमार्फत गृहले आग्रह गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments