Tue. Apr 21st, 2026

वृद्धवृद्धासम्बन्धि कार्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशन

       

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । चिनियाँ परम्परागत वृद्ध दिवसको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वृद्धवृद्धा कार्यसम्बन्धमा महत्वपूर्ण निर्देशन दिनुका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट समस्त चीनका वृद्धवृद्धाहरूलाई दीर्घायु र सुखद जीवनकालागि शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न तहका पार्टी समिति र सरकारले वृद्धवृद्धासम्बन्धि कार्यमा ध्यान दिनुका साथै व्यवहारिक रूपमा पालना गर्न जोड पनि दिनुभएको छ। उहाँले वृद्धवृद्धा जनसंख्यासम्बन्धी राष्ट्रिय रणनीतिको सक्रिय रूपमा पालना गरी वृद्धवृद्धाको स्वास्थ्य स्थितिलाई आर्थिक तथा सामाजिक विकास प्रवृत्तिसँग मिलाउनुपर्ने भन्दै नवीन सिर्जनाबाट वृद्ध कार्य प्रणालीको सुधार गर्नुपर्ने पनि बताउनुभयो।

राष्ट्राध्यक्ष सीले बुढापाकालाई सम्मान र माया गर्ने परम्परागत नैतिक गुणलाई बढाएर बुढापाकाको कानूनी अधिकारको संरक्षण गरी बुढापाकालाई विकासको उपलब्धि र सुखमय वृद्ध जीवन प्रदान गर्नुपर्ने बताउनुभयो। सीआरआई

Facebook Comments