Fri. Nov 15th, 2024

भारतीय नेताको अरूणाचल राज्य भ्रमणप्रति चीन असन्तुष्ट

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले हिँजो अक्टोबर १३ तारिख बोल्दै चीन र भारतबीचको सिमाना मामिलामाथि चीनले लिएको अडान सधैं नै स्पष्ट रहेको बताउनुभएको छ।

भारतले एकपक्षीय तथा अवैध रूपमा स्थापना गरेको तथाकथित“अरूणाचल राज्य”प्रति चीन सरकारले कहिल्यै पहिचान पनि नगर्ने र भारतका नेताद्वारा गरिएको सो क्षेत्रको भ्रमण वा अरू किसिमको गतिविधिलाई दृढताका साथ प्रतिरोध गर्ने कुरा प्रवक्ता चाउले पत्रकार सम्मेलनमा बताउनुभयो।

प्राप्त समाचारमा जनाइएअनुसार हालै भारतका उपराष्ट्रपति मुप्पा वाराप्पु भेनका नाइडुले सो अरूणाचल राज्यको भ्रमण गर्नुभएको थियो।

Facebook Comments