Fri. Apr 24th, 2026

पश्चिमा समाजको तुलनामा चीनमा धनी र गरिबबीचको खाडल न्युन रहेको बेलायती विद्वानको भनाइ

       

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । पश्चिमी मुलुकहरू विशेष गरी अमेरिकामा धनी र गरिब बीचको अन्तर बढ्दै गएपछि समस्या फैलिएको छ। तापनि ती मुलुकहरूमा सम्बद्ध समस्याको समाधान गर्दा अपुग जिम्मेवारी धारणा देखिएको छ। यसको सट्टामा चीनमा संयुक्त रूपमा धनी बन्ने तरिकाले असमान समस्याको समाधान गरिरहेको छ जुन पश्चिमी मुलुकले गर्नुपर्ने तर नगरेको कार्य हो। उक्त विचार बेलायती प्रसिद्ध विद्वान मार्टिन ज्याक्सले हालै चिनियाँ मिडियासँगको अन्तर्वार्तामा व्यक्त गर्नु भएको हो।

मार्टिन ज्याक्स क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक डाक्टर हुनुहुन्छ। उहाँले औंल्याए अनुसार, सन् १९४९ देखि आजसम्म चीनमा भएका परिवर्तनहरू कल्पना गर्नै नसकिने महान कार्य हुन्। चिनियाँ कम्युनिष्ट पार्टी आधुनिक मानवजातिको संसारमा सबभन्दा सफल राजनीतिक संगठन हो जसले आफ्नो सुधार तथा परिवर्तनमा राम्रो काम गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो पार्टी लगायत चीनलाई पनि नयाँ रूप दिएको ठहर पनि मार्टिनले गर्नु भएको छ। चिनियाँ संस्कृतिले भविष्यको महत्व दिन्छ र चिनियाँ कम्युनिष्ट पार्टीले सो विशेषताको बिँडो थामेकाले आफू र देशलाई तल्लो बिन्दुबाट उठाउन सकेको हो।

सुधार तथा खुलापनबारे चर्चा गर्दै मार्टिनले भन्नु भएको छ, ‘सुधार तथा खुलापन निकै ठूलो आत्म विश्वाससहितको विचार हो र पश्चिमीले सो कदम सफल हुने विश्वास नगरेतापनि चीनले खुलापन छानेको हो’। सीआरआई

Facebook Comments