Wed. Sep 25th, 2024

विश्वका विभिन्न नेताका गोप्य धन र साठगाँठको खुलासा

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेताहरू, राजनितिज्ञहरू र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ।

करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ।

ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट ७० मिलिअन पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ। त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उहाँकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिएको छ।

उहाँहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किन्नु भएको थियो । चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाउँछ।

अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन्।

आगामी हप्ता हुने चुनावको समाना गरिरहेका चेक प्रधानमन्त्री आन्द्रेज बाबीज दक्षिण फ्रान्समा १२ मिलिअन पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बस्नु भएको थियो । बीबीसी

Facebook Comments