Wed. Sep 25th, 2024

युद्ध अन्त्य गर्न उत्तर कोरियाका यस्ता सर्त छन्

काठमाण्डौं, २०७८ असोज १० गते आईतबार । उत्तर कोरियाका नेता किम जङ-अनकी बहिनीले दक्षिण कोरियाले आफ्ना “शत्रुतापूर्ण नीतिहरू” परित्याग गर्‍यो भने उससँग पुनः वार्ता गर्न सकिने बताउनु भएको छ । कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दक्षिण कोरियाले फेरि आह्वान गरेपछि किम यो-जङले त्यस्तो प्रतिक्रिया दिनु भएको हो ।

कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो। तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन। त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन्। बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ।

यो साता दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले दुवै कोरिया र तिनका सहयोगी राष्ट्र-दक्षिण कोरियालाई सहयोग गर्ने अमेरिका र उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार चीन-लाई द्वन्द्व अन्त्य भएको औपचारिक घोषणा गर्न र कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आह्वान गर्नुभयो ।

उक्त आह्वानलाई उत्तर कोरियाका एक वरिष्ठ मन्त्रीले “अपरिपक्व” को सङ्ज्ञा दिएका थिए। तर शुक्रवार अनपेक्षित रूपमा सरकारी सञ्चारमाध्यममार्फत् एउटा विज्ञप्ति प्रकाशित गर्दै किम यो-जङले उक्त आह्वान “सराहनीय” भएको टिप्पणी गर्नुभयो ।

उहाँलाई उत्तर कोरियामा शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ। बीबीसी 

Facebook Comments