Fri. Apr 24th, 2026

अस्ट्रेलियाको भूकम्पः देशको दक्षिणपूर्वी भागमा भूकम्प, मेल्बर्नका केही भवनमा क्षति

       

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार ।  दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ। भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्। स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। उक्त स्थान भिक्टोरिया राज्यको राजधानीनजिकै छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद समाचार भएको बताउनु भएको छ । भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पपछि दुइटा साना परकम्प पनि गएका छन्।

केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो। तर त्यसबाट खासै ठूलो क्षति भएको जस्तो देखिँदैन। अमेरिकाबाट बोल्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका लागि भूकम्प असामान्य भएकाले “निकै अशान्तिकारक घटना” हुनसक्ने बताउनु भएको छ।

भिक्टोरिया राज्यको आपत्कालीन सेवाले सर्वसाधारण मानिसलाई सम्भावित परकम्पप्रति चनाखो रहन आग्रह गरेको छ। “तपाईँ भिक्टोरियामा हुनुहुन्छ भने तपाईँ जोखिममा हुनुहुन्छ। परकम्पहरू जान सक्छन्, त्यसैले क्षतिग्रस्त भवन र अन्य खतराबाट परै बस्नुहोस्। अत्यावश्यक हुँदाबाहेक सवारी नचलाउनुहोस्,” उसले भनेको छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार

1 min read