Wed. Sep 25th, 2024

चाइना मिडिया ग्रुपको मध्य शरद चाडको रात्री गाला पहिलो पटक विदेशमा एक साथ प्रसारण

काठमाण्डौं, २०७८ असोज ४ गते सोमबार ।  सन् २०२१ चाइना मिडिया ग्रुपको मध्य शरद चाडको रात्री गाला पैचिङ समय बमोजिम सेप्टेम्बर २१ तारिख बेलुकी आठ बजे प्रसारण हुने भएको छ। प्राप्त समाचार अनुसार, चाइना मिडिया ग्रुपको मध्यशरद चाडको रात्री गाला विदेशमा एक साथ प्रसारण हुने यो पहिलो पटक हो। सेप्टेम्बर १९ तारिख दिउँसो तीन बजेसम्म मध्य शरद चाडको रात्री गालासम्बन्धी दुई सय वटाभन्दा बढी प्रचलित हैशट्याग पाइएको छ। उक्त कार्यक्रमसम्बन्धी समाचारको भ्रमण गर्नेको संख्या ७ अर्ब ५० करोडभन्दा बढी पुगेको छ।

चाइना मिडिया ग्रुपको मध्य शरद चाडको रात्री गालामा स्वदेशी र विदेशी सञ्चार-माध्यमहरूद्वारा ध्यान दिइएको छ। “चाइना डायरी”, “इन्टर्नेशनल डायरी न्यूज”, “चाइना टेलिभिजन”आदि सञ्चार-माध्यमहरूले उक्त रात्री गालाबारे जनाएका छन्। सीआरआई

Facebook Comments