Mon. Jun 22nd, 2026

इन्सपिरेशन फोरका गैर पेशेवर यात्री तीन दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए

ज्यारेड आइज्याकम्यान (बायाँ) र अन्य अन्तरिक्ष यात्रीहरू यानभित्र

       

काठमाण्डौं, २०७८ असोज ३ गते आईतबार । तीन दिन अन्तरिक्षमा बिताएर पहिलो सर्वसाधारण अर्थात् गैर पेशेवर अन्तरिक्ष यात्रीहरूको समूह एटलान्टिक महासागरमा अवतरण गरेको छ। उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रुको समूह बनेका छन्।

द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू बुधवार फ्लोरिडाबाट उडेका थिए र शनिवार जीएमटी २३ बजे समुन्द्रमा अवतरण गरेका थिए। चार प्याराशुटले यानको तल झराइलाई सुस्त बनाउँदै लगेर पानीमा झरेपछि स्पेसएक्सका डुङ्गाले उनीहरूलाई बाहिर निकालेका थिए।

इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानले उक्त यात्राको कमान्डरका रूपमा नेतृत्व गर्नुभएको थियो । उहाँले सबै यात्रुको खर्च (जुन सार्वजनिक गरिएको छैन) बेहोर्नु भएको थियो । टाइम म्यागेजिनले उक्त खर्च करिब २ करोड डलर हुने अनुमान गरेको छ।

उहाँले आफूसहित तीनजना यात्रुको भाडा स्वरूप उक्त रकम अर्का अर्बपति इलन मस्कलाई तिर्नु भएको थियो । आइज्याकम्यानले तीनजना सर्वसाधारणलाई आफैले छान्नु भएको थियो ।

उहाँहरु मध्ये ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र नासाकी पूर्व अन्तरिक्ष यात्री बन्न चाहनु भएकी, बाल्यकालमै क्यान्सर लागेर निको हुनुभएकी २९ वर्षकी हेली एर्सेनो र एरोस्पेस डेटा इन्जिनियर तथा अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी क्रिश सम्ब्रोस्की, ४२ हुनुहुन्छ ।

तेस्रो यात्री क्रिश सम्ब्रोस्की ४२ वर्षका अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी हुनुहुन्छ। उहाँ एरोस्पेस कम्पनी लकहेड मार्टिनमा काम गर्नुहुन्छ। “त्यो गजबको यात्रा थियो,” आइज्याकम्यानले रेडियोमा भन्नुभएको थियो, “हामी भर्खर सुरुवातमा छौँ।”

इलन मस्कको कम्पनीले मानिसहरूलाई अन्तरिक्षमा लगेर पृथ्वीमा फर्काएको यो तेस्रो पटक हो र अन्तरिक्ष पर्यटनको एक अर्को कोशेढुङ्गा पनि। बीबीसी

Facebook Comments