Thu. Nov 14th, 2024

सेप्टेम्बर १८ लाई सम्झिन ‘घन्टी वादन’ समारोह शनयाङमा आयोजित

काठमाण्डौं, २०७८ असोज ३ गते आईतबार । सेप्टेम्बर १८ दुर्घटनाको ९०औं वर्षगाँठ मनाउन १८ तारिख चिनियाँ ल्याउनिङ प्रान्तीय शनयाङ शहरमा ‘सेप्टेम्बर-१८ घन्टी वादन’ समारोह आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय अनुशासन निरीक्षण आयोगका महासचिव चाउ लची सो समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ। चीनको इतिहासमा इतिहासमा सन् १९३१ सेप्टेम्बर १८ तारिखका दिन जापानी अतिक्रमणकारी शक्तिले शनयाङमा हमला गरी चीनमाथिको आक्रमण सिलसिला तीव्र पारेको थियो।

समारोहमा बोल्दै महासचिव चाउले घन्टी बजाउने समारोहको आयोजना दुःखद इतिहासको सम्झना गर्न, क्रान्तिकारी शहीदहरुलाई सम्झन, जापानी अतिक्रमणको विरोधी भावनालाई प्रचार गर्न र उज्ज्वल भविष्यको सिर्जना गर्नका लागि भएको बताउनुभयो।

कार्यक्रममा चाउ ल चीलगायत नेतागण र सर्वसाधारणका प्रतिनिधिहरूले १४ जोडी घन्टी बजाउनु भएको थियो । ती घन्टीले चिनियाँ जनताको जापानी अतिक्रमणको विरोध गर्ने कठिन १४ वर्षको प्रतिनिधित्व गरेका छन्। सीआरआई

Facebook Comments