Sat. Apr 20th, 2024

बिहीबार खण्डग्रास सूर्यग्रहण : खगोलविद्‍ भन्छन्, ‘सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी नहुने ’

काठमाडौंबाट अवलोकन हुने सूर्यको ३९ प्रतिशत भागमात्र ढाक्ने सूर्यग्रहण ।

काठमाडौं, २०७६ पुष ९ गते बुधबार ।

बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने भएको छ। बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एण्ड साइन्स म्युजिएम विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार सूर्यको भाग पनि मुलुकको भू भाग अनुसार फरक फरक छोपिनेछ।

उनका अनुसार काठमाडौंबाट हेर्दा सूर्यको भाग ३९ प्रतिशत छोपिनेछ। काठमाडौंमा ग्रहण ८ बजेर ४३ मिनेट जाँदा सुरु भएर ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ। त्यस्तै महेन्द्रनगरमा ग्रहण ८ जेर ३८ मिनेटबाट सुरु भएर ११ बजेर १९ मिनेट गएपछि अन्त्य हुनेछ।

झापाको भद्रपुरमा ८ बजेर ४८ मिनेट गएपछि सुरु हुनेछ। अन्त्य ११ बजेर २७ मिनेट गएपछि अन्त्य हुनेछ। यहाँ ग्रहण अवधिभर सूर्यको भाग ३९ प्रतिशत छोपिनेछ। ग्रहण अवधिभर भद्रपुरमा सूर्यको भाग ३६ प्रतिशत मात्र छोपिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ। सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट खण्डग्रासमात्र देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनु भयो। ‘बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेट जाँदा मध्ये हुनेछ भने ११ बजेर ३१ मिनेट जाँदा सकिनेछ’, भट्टराईले भन्नुभयो।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सूर्यग्रहणको अवलोकनको निःशुल्क व्यवस्था गरेको छ। बिहीबार बिहान ८ : ३० देखि ११ : ४५ बजेसम्म सूर्यग्रहण हेर्न सकिने अध्यक्ष भट्टराईले बताउनु भयो। वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी नहुने उहाँको भनाइ छ।

त्यसैगरी बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले सूर्यग्रहणको अवलोकनका लागि व्यवस्था मिलाएको छ। अन्नपूर्ण पोष्टबाट

Facebook Comments