Wed. Sep 25th, 2024

कुमारी पूजा भव्य रुपमा सम्पन्न

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । काठमाडौं बसन्तपुरस्थित कुमारी घरमा आज धार्मिक परम्परा अनुसार जीवित देवी कुमारीको पूजाआराधना भव्य रुपमा सम्पन्न भएको छ । केही विज्ञ भन्छन्, कुमारी जात्रा एक छुट्टै जात्रा हो । यसको आफ्नै परम्परा छ । यो जात्राको इन्द्रजात्रासँग कुनै सम्बन्ध छैन। सुरेश किरण मानन्धर भन्नुहुन्छ, “ कुमारीलाई नजर गराउने, घोडेजात्रा, चाँगुनारायणको यात्रा जुन कुमारीलाई देखाउने चलन छ ।” इन्द्रजात्रालाई खास गरी कुमारीले हेर्न आउने हो । इन्द्रलाई कुमारीले हेर्न आउँदा कुमारीको पनि दर्शन गर्न पाइने परम्परा रहेको छ ।

इन्द्रजात्राका बेला तीन जीवित देवीदेवताको रथजात्रा गरिन्छ। कुमारीको साथमा गणेश र भैरवको पनि रथजात्रा गरिन्छ। तर, इन्द्रजात्रा भन्नेबित्तिकै सबैको कल्पनामा भने कुमारीले नै स्थान बनाइसकेको हुन्छ। इन्द्रजात्रा भन्नेबित्तिकै कुमारी सम्झिन्छ भने कुमारी भन्ने बित्तिकै वसन्तपुरकै कुमारी बुझिन्छ।

तस्विर- कृष्ण कुमार बलामी, रे न्यूज डेली

Facebook Comments